हिमालयन बैंककाे न्युराेड शाखा ठमेलस्थित सञ्चय कोष भवनमा स्थानान्तरण - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हिमालयन बैंककाे न्युराेड शाखा ठमेलस्थित सञ्चय कोष भवनमा स्थानान्तरण



काठमाडाैं । हिमालयन बैंक लिमिटेडले न्यूरोड शाखा – २ लाई काठमाडौं महानगरपालिका वडा नं २७, ठमेलस्थित सञ्चय कोष भवनमा स्थानान्तरण गरेकाे छ ।

सञ्चयकाेस भवनबाट आइतबार(जेठ २५ गते) देखि ठमेल शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी सञ्चालनमा आएको छ।

उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका हुन् ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटिएम, ८,००० भन्दा बढी पिओएस टर्मिनल्स र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्