लगातार तेस्रो दिन पनि बढ्यो नेप्से, करिब ६ अर्बको सेयर कारोबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

लगातार तेस्रो दिन पनि बढ्यो नेप्से, करिब ६ अर्बको सेयर कारोबार



काठमाडौं । लगात तेस्राे दिन पनि सेयर बजार बढेकाे छ । आज सेयर बजार मापक नेप्से परिसूच २.५५ अंकले बढेर २६ सय ०३ दशमलव ०८ बिन्दुमा कायम भएकाे छ ।

यस्तै आज काराेबार रकम पनि बढेकाे छ । यसदिन ३११ कम्पनीकाे १ कराेड ३१ लाख ३८ हजार ८४४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७४ कराेड ४४ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।

हिजाे ३१३ कम्पनीकाे १ कराेड ३७ लाख ५९ हजार ६०४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९४ कराेड २८ लाख ५२ हजार रूपैयाँकाे काराेबार भएकाे थियाे ।

यसदिन विकास बैंक, हाेटल तथा पर्यटन, जलविद्युत, जिवन बीमा, निर्जिवन बीमा र म्युचुअल फण्ड समुहका उपसूचक बढेका छन् भने बाँकी घटेका छन् । आज हाेटल तथा पर्यटन समुह सर्वाधिक १.२९ प्रतिशतले बढेकाे छ ।


प्रतिक्रिया दिनुहोस्