असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद सेयर ल्याउँदै बरुण हाइड्रोपावर - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद सेयर ल्याउँदै बरुण हाइड्रोपावर



काठमाडौं । आगामी असार ३१ गतेदेखि बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर निष्कासन हुने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद जारी गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुकक्लोज गरिसकेको छ ।
सोही अनुसार अब जेठ २१ गतेसम्म कायम सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन साउन १९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्