रसुवागढी हाइड्रोपावरमा नयाँ नेतृत्व: अध्यक्षमा ढकाल, निमित्त सीईओमा ज्याख्व - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

रसुवागढी हाइड्रोपावरमा नयाँ नेतृत्व: अध्यक्षमा ढकाल, निमित्त सीईओमा ज्याख्व



काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीको नेतृत्वमा फेरबदल भएको छ। आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष सुभाष कुमार मिश्रलाई हटाएर राजन ढकाललाई नयाँ अध्यक्षको रूपमा नियुक्त गरेको हो।

त्यस्तै, कम्पनीका प्रबन्ध सञ्चालक छविलाल गैह्रे सुरुवामा परेपछि उनको स्थानमा सत्यराम ज्याख्वलाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिइएको छ।

अध्यक्ष पदबाट हटाइएका मिश्रको स्थानमा भने बाबुराजा महर्जनलाई सञ्चालक सदस्य नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्