राष्ट्रिय सभाबाट पारित भयो राष्ट्र ऋण उठाउने विधेयक
काठमाडौं । राष्ट्रिय सभाले शुक्रबारको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित आएको राष्ट्र ऋण उठाउने विधेयक २०८२ लाई कुनै संशोधन नगरी यथावत् रूपमा पारित गरी पुनः प्रतिनिधि सभामा फिर्ता पठाउन प्रस्ताव प्रस्तुत गरेका थिए ।
मन्त्री पौडेलको प्रस्ताव बैठकमा बहुमतले अनुमोदन गरिएको हो । यससँगै विधेयक राष्ट्रिय सभाबाट पनि बिना संशोधन पारित भएको छ ।















