ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई सार्वजनिक निष्काशन सुरु, आजदेखि आवेदन दिन सकिने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई सार्वजनिक निष्काशन सुरु, आजदेखि आवेदन दिन सकिने



काठमाडाैं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज (असार २२ गते) देखि सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाई सार्वजनिक निष्काशनमा ल्याएको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरका १२ करोड इकाई बिक्री गर्न लागेको हो। ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना १० वर्षे बन्दमुखी योजना हो।

कुल १२ करोड इकाईमध्ये १५ प्रतिशत अर्थात १.५ प्रतिशत (१८ लाख इकाई) योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई र १३.५० प्रतिशत (१ करोड ६२ लाख इकाई) बीज पूँजीको रूपमा राखिनेछ।

बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो। यस योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यस योजनामा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ। यदि सो अवधिमा सबै इकाई बिक्री नभएमा आवेदन अवधि साउन ४ गतेसम्म लम्ब्याइनेछ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड नै रहेको छ।


प्रतिक्रिया दिनुहोस्