८ श्रावण २०८३, शुक्रबार

डेढ अर्बको एफपिओ निष्कासन गर्न हिमालयन बैंकलाई बोर्डको अनुमति



काठमाडौं । हिमालयन बैंकले एफपिओ निष्कासन गर्न अनुमति पाएको छ । बैंकलाई १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपिओ निष्कासन गर्ने अनुमति दिएको हो ।

बैंकले प्रतिकित्ता १५७ रुपैयाँ बराबरको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो ।

बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।


प्रतिक्रिया दिनुहोस्