१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने, साँझ ६ बजे मन्त्रिपरिषद् बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न महत्वपूर्ण कार्यसूचीमा सक्रिय हुनेछन् ।

प्रधानमन्त्रीको आजको कार्यतालिका राजनीतिक, प्रशासनिक तथा नीतिगत दृष्टिले विशेष ध्यानाकर्षण गर्ने खालका छन्।

दिउँसो १ बजे प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ। बैठकमा उनले हालै सम्पन्न स्पेन भ्रमणबारे जानकारी गराउनेछन् ।

त्यसपछि दिउँसो २ः१५ बजे ओली नेकपा (एमाले) केन्द्रीय पर्यटन विभागद्वारा गौशालास्थित होटल वेस्टर्न प्लसमा आयोजना गरिएको ‘नेपालमा पर्यटन ः अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सहभागी हुनेछन् ।

त्यसपछि साँझ ६ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।