सर्वसाधारण पनि खरिद गर्न सक्ने गरि प्रभु बैंकको २१ लाख कित्ता सेयर बिक्रीमा, बिक्री मूल्य कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सर्वसाधारण पनि खरिद गर्न सक्ने गरि प्रभु बैंकको २१ लाख कित्ता सेयर बिक्रीमा, बिक्री मूल्य कति ?



काठमाडौं । प्रभु बैंकले २१ लाख कित्ता बढी संस्थापक सेयर बिक्री गर्ने भएको छ।

बैंकले आफ्ना सेयरधनीको नाममा रहेको २१ लाख ५ हजार ६७५ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेकोहा ।

उक्त सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । उक्त सेयरको बिक्री मूल्य भने उल्लेख गरिएको छैन् ।

यसअघि विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिएर सेयर बिक्रीमा ल्याएको थियो । तर, विद्यमान संस्थापकहरुबाट सेयर खरिदका लागि आवेदन नपरेपछि सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्रीमा ल्याएको हो ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आजैका मितिबाट (असार २३ गते) १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्