कालोसूचीमा परे चार निर्माण कम्पनी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कालोसूचीमा परे चार निर्माण कम्पनी



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

असार २२ गतेको निर्णयअनुसार ग्रिन लिफ प्रालि (काठमाडौं), शिवम् कन्स्ट्रक्सन (जनकपुर), डीजी इगल कन्स्ट्रक्सन एण्ड बिल्डर्स प्रालि (काठमाडौं) र थोम कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि (सुनसरी) कालोसूचीमा परेका हुन् ।

अब यी कम्पनीहरूले आजदेखि एक वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।


प्रतिक्रिया दिनुहोस्