राप्ती हाइड्रोको हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

राप्ती हाइड्रोको हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन



काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ ।

कम्पनीले असार १ गतेदेखि चुक्ता पूँजीको १०० प्रतिशत बराबरको हकप्रद सेयर निष्काशन गरेको हो ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । उक्त सेयरमा भोलि अर्थात् असार २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले जेठ ६ गते बुक क्लोज गरेको थियो। जेठ ५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई शेयरधनी कायम भएका व्यक्तिहरूले आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्