१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री ओली र स्विस विदेशमन्त्री क्यासिसबीच भेटवार्ता, द्विपक्षीय सहकार्य विस्तारबारे छलफल



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्विट्जरल्यान्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शिष्टाचार भेट गरेका छन्।

भेटवार्तामा नेपाल र स्विट्जरल्यान्डबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउँदै विकास, संघीयता, न्याय र वातावरणीय क्षेत्रहरूमा सहकार्य बढाउने विषयमा गम्भीर छलफल भएको छ।

विदेशमन्त्री क्यासिसले नेपालको विकास, संघीयता सबलीकरण, संक्रमणकालीन न्याय, जलवायु परिवर्तन तथा विपद् जोखिम व्यवस्थापनमा स्विस सरकारको सहयोग निरन्तर जारी रहने प्रतिबद्धता जनाए।

प्रधानमन्त्री ओलीले विगतमा नेपालले हिंसात्मक र अस्थिर राजनीति भोगे पनि अहिले दुई प्रमुख दलबीचको सहकार्यबाट स्थायित्व, विकास र लोकतन्त्रको संरक्षणमा सकारात्मक प्रगति भइरहेको उल्लेख गरे। उनले स्विस सरकारप्रति नेपालप्रतिको दीर्घकालीन सहयोगको लागि धन्यवाद व्यक्त गरे।