१ आश्विन २०८३, बिहिबार

विगतमा बजेटलाई सहयोग नगर्ने मौद्रिक नीति आउँदा समस्या भयो: गभर्नर



काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बजेटलाई सहयोग गर्ने गरी मौद्रिक नीति नआउँदा राष्ट्र बैंकप्रति धेरै मान्छेको चासो बढेको बताएका छन्।

पछिल्ला केही वर्षमा व्यापारीका संगसथा र पावर ब्रोकरहरु मौद्रिक नीतिमा हस्तक्षप गर्न थालेको अवस्थामा गभर्नरको यस्तो भनाई आएको हो।

सरकारको वित्त नीतिबाट कुनै व्यापारी वा क्षत्रलाई सहयोग गर्दा ठूलो विरोध सहनु पर्ने र राजनीतिक नेतृत्व पनि त्यसो गर्न नचाहने भएपछि व्यापारीहरु राष्ट्रबैंक तिर केन्द्रित हुँदै आएका थिए। त्यसैले विगतमा राजश्व छुट मागेर लाभ खोज्दै आएका व्यापारीहरु अचेल ब्याज छुट, कर्जाको भाखा लम्ब्याउने, सस्तो ऋण लिन खोज्ने जस्ता विकल्पमा बढी ध्यान दिँदै आएका छन्।

त्यहीकारण अचेल सरकारको बजेटलाई भन्दा राष्ट्र बैंकको मौद्रिक नीतिबाट व्यापारीको लाभ लिने मेसो मिलाउन थालेको देखिएको छ।

यस किसिमले मौद्रिक नीतामाथि धेरैको चासो बढ्नुमा पछिल्ला वर्षमा बजेट र मौद्रिक नीति विपरित बाटोमा आउनु पनि कारण भएको गभर्नर पौडेलले बताए।

गभर्नर पौडेलले नेपालमा कर्जा र सम्पत्तिको केन्द्रीकरण बढ्दै गएको र ज्यादै काम मान्छेको हातमा मात्रै सम्पत्ति बढेको प्रति चिन्ता व्यक्त गरे।

‘यो मौद्रिक नीतिले मात्रै हेर्ने विषय होइन’ उनले भने, ‘वित्त नीति र मौद्रिक नीति भिन्न बाटोमा आउने भएका कारण पनि पछिल्लो समय यस्तो भइरहेको छ।’

गभर्नर पौडेलले ५ अर्बभन्दा साना रिनमा खराब कर्जा करजा बढी भएको र त्यो समस्यालाई सम्बोधन गर्ने चुनौती रहेको बताए।
नेपालमा ७० खर्बको विशाल निक्षपको रक्षा गर्ने र देशको समष्टिगत विकाशमा खर्च गर्नुपर्ने पनि बताएका छैन।