बजारमा सनसनी मच्चाउँदै नामी भिगो ई-२, किन किन्दै छन् नेपाली ग्राहकले यो फुल एसयूभी?
चाखलाग्दो मूल्य र अत्याधुनिक प्रविधिको बेजोड मिश्रणसहित नेपाली सडकमा गुडिरहेको नामी भिगो ई-२ ले फुल एसयूभी सेग्मेन्टमा नयाँ तरंग ल्याएको छ।
काठमाडौँ । नेपाली अटोमोबाइल बजारमा नयाँ तरंग सिर्जना गर्न सफल नामी भिगो ई-२ प्रति ग्राहकहरूको झुकाव दिनप्रतिदिन बढ्दो छ। सीमित बजेटमा ठूलो आकार, आकर्षक डिजाइन र सुविधाहरू खोज्ने मोटरप्रेमीहरूका लागि यो गाडी गतिलो रोजाइ बनेको छ। बजारमा आएको छोटो अवधिसम्म आइपुग्दा यस मोडलले हजारौँको संख्यामा ग्राहकको मन जितेको मात्र छैन, सडकमा यसको उपस्थिति पनि बाक्लो बन्दै गएको छ।
विद्युतीय सवारीसाधनको माग तीव्र गतिमा बढेसँगै बजारमा थुप्रै विकल्पहरू भित्रिएका छन्। तर तीमध्ये धेरैजसो गाडीहरू या त महँगा छन् या त साना आकारका मात्रै उपलब्ध छन्। यही खाडललाई पूर्ति गर्दै ४० लाख रुपैयाँभन्दा कम मूल्यमै फुल साइजको एसयूभी अनुभव लिन पाइने भएपछि यसमा ग्राहकको आकर्षण चुम्बकीय रूपमा खिचावटमा परेको हो।
कम्पनीले यस मोडलको बजार विस्तारका लागि नाडा अटो शोलाई मुख्य अवसरको रूपमा उपयोग गरेको थियो, जहाँ सुरुवाती अफरस्वरूप विशेष मूल्यमा बुकिङ खुलाइएको थियो।
नेपाली सीमाभित्र यो गाडी प्रवेश गरेको मुस्किलले साढे दुई महिना हुँदै छ । तर यसबीचमा १८०० भन्दा बढी गाडी नेपाली सडक (खासगरी काठमाडौँ उपत्यका)मा गुडिरहेको उक्त ब्राण्डको आधिकारिक विक्रेता एमएडब्ल्यू बृद्धिले जनाएको छ ।
चीनको सरकारी स्वामित्वको अटो निर्माता दोङफेङ मोटर कर्पोरेशनले उत्पादन गरेको यो गाडी नेपाली बजारमा उपलब्ध सस्तो एसयूभीमा सर्वोत्कृष्ठ विकल्पमध्ये एक हो ।
यस गाडीको सबैभन्दा बलियो पक्ष यसको ब्याट्री क्षमता र दिने रेन्ज हो। यसमा जडान गरिएको ५१.८७ किलोवाट आवर क्षमताको ब्याट्रीले एकपटक पूर्ण रूपमा चार्ज गर्दा ४३० किलोमिटरसम्मको लामो दूरी तय गर्न सकिने दाबी गरिएको छ। दैनिक सहरी आवागमनदेखि लामो पारिवारिक यात्रासम्मका लागि यो क्षमता निकै भरपर्दो मानिएको छ।
त्यस्तै, यसमा रहेको ९९ किलोवाट क्षमताको इलेक्ट्रिक मोटरले १६० न्युटन मिटर टर्क उत्पन्न गर्ने गर्छ। गाडीमा थ्रीसी फास्ट चार्जिङ प्रविधिको सुविधासमेत उपलब्ध छ, जसले गर्दा तीव्र गतिको डीसी चार्जर प्रयोग गर्दा छोटो समयमै ब्याट्रीको मात्रा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म पुर्याउन सकिन्छ।
यात्राका क्रममा चार्जिङका लागि धेरै समय खर्चिन नपर्ने भएपछि लामो यात्रामा निस्कनेहरूका लागि यो थप सहज बनेको छ।
आधुनिक प्रविधिको जादू
बाहिरी बनावट मात्र होइन, यसको भित्री हिस्सा र प्रविधिक पक्ष पनि उत्तिकै मनमोहक छ। गाडीको लम्बाइ, चौडाइ र उचाइसँगै यसको ह्वीलबेस लामो भएका कारण क्याबिनभित्र बस्दा निकै फराकिलो अनुभव हुन्छ। १९० मिलिमिटरको ग्राउण्ड क्लियरेन्स रहेको हुनाले नेपालका उबडखाबड र कच्ची बाटामा पनि यो गाडी विनाकुनै कठिनाई सजिलै गुड्न सक्छ।
गाडीभित्र प्रवेश गर्नेबित्तिकै देखिने १२.८ इन्चको इन्फोटेनमेन्ट सिस्टम र ८.८ इन्चको इन्फर्मेसन डिस्प्लेले यसलाई निकै आधुनिक लुक दिएका छन्।
यसमा ३६० डिग्री क्यामेरा राखिएको हुनाले साँघुरा गल्ली वा पार्किङ गर्दा वरिपरिको दृश्य सहजै हेर्न सकिन्छ। यस बाहेक, भ्वाइस कन्ट्रोलमार्फत विभिन्न फङ्सनहरू सञ्चालन गर्न सकिने सुविधा, ५० वाटको वायरलेस चार्जर, सिटमा हिटेड तथा भेन्टिलेटेड सुविधा र एम्बियन्ट लाइटिङ सिस्टमले यसको यात्रालाई थप आरामदायी बनाइदिएका छन्।
उच्च सुरक्षाका मापदण्ड
विद्युतीय गाडी खरिद गर्दा ग्राहकहरूले सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने गरेका छन्। यस कुरालाई मध्यनजर गर्दै नामी भिगो ई-२ मा सुरक्षाका लागि विभिन्न भरपर्दो प्रणालीहरू जडान गरिएका छन्।
गाडीमा ६ वटा एयरब्यागका साथै एबीएस, इबीए, अटोहोल्ड, हिल होल्ड, डिसेन्ट कन्ट्रोल र ट्रयाक्सन कन्ट्रोलजस्ता अत्याधुनिक विशेषताहरू छन्। यसले उकालो तथा ओरालो बाटामा गाडीलाई नियन्त्रणमा राख्न र कुनै पनि आपत्कालीन अवस्थाबाट बचाउन सहयोग पुर्याउँछ।
विश्व बजारमा लामो इतिहास बोकेको स्थापित अटोमोबाइल उत्पादकको प्रविधि र अनुभवसहित आएको यो गाडीले नेपालमा ईभी प्रयोगकर्ताको जीवनशैलीलाई नै फेरिदिने संकेत देखाएको छ। मूल्य, आकार, आराम र कार्यक्षमताको उचित सन्तुलन मिलाउन सकेको कारण नै ४० लाख मुनिको एसयूभी सेग्मेन्टमा यो गाडी अहिले सबैको मुखमा झुन्डिन सफल भएको छ।















