दोहोरो अंकले बढ्यो सेयरबजार, साढे ७ अर्बकाे काराेबार
काठमाडाैं । बुधबार सेयरबजारमा उत्साह देखिएकाे छ । सेयरबजार परिसूचक नेप्से आज २२.०४ अंकले बढेर २७ सय ५ दशमलव ९० विन्दुमा पुगेको छ।
नेप्सेसँगै आज काराेबार रकम पनि बढेकाे छ । यसदिन ३१६ कम्पनीको १ करोड १५ लाख २२ हजार ९ सय ७० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।
हिजाे ३०४ कम्पनीको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार रुपैयाँको कारोबार भएको थियाे ।
यसदिन फाइनान्स र म्युचुअल फण्डबाहेक सबै समुहका उपसूचक बढेका छन् । आज बैंकिङ समुह १.६८ र लगानी समुह १.३७ प्रतिशतले बढेकाे छ ।













