दोहोरो अंकले बढ्यो सेयरबजार, साढे ७ अर्बकाे काराेबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

दोहोरो अंकले बढ्यो सेयरबजार, साढे ७ अर्बकाे काराेबार



काठमाडाैं । बुधबार सेयरबजारमा उत्साह देखिएकाे छ । सेयरबजार परिसूचक नेप्से आज २२.०४ अंकले बढेर २७ सय ५ दशमलव ९० विन्दुमा पुगेको छ।

नेप्सेसँगै आज काराेबार रकम पनि बढेकाे छ । यसदिन ३१६ कम्पनीको १ करोड १५ लाख २२ हजार ९ सय ७० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।

हिजाे ३०४ कम्पनीको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार रुपैयाँको कारोबार भएको थियाे ।

यसदिन फाइनान्स र म्युचुअल फण्डबाहेक सबै समुहका उपसूचक बढेका छन् । आज बैंकिङ समुह १.६८ र लगानी समुह १.३७ प्रतिशतले बढेकाे छ ।


प्रतिक्रिया दिनुहोस्