नेशनल लघुवित्तको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेशनल लघुवित्तको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला



काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। कम्पनीले ८ जना संस्थापक सेयरधनीको नाममा रहेको कुल ७० हजार १५९ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको हो।

यसअघि कम्पनीले यी सेयर विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्र बिक्री खुला गरेको थियो। तर, तोकिएको समयभित्र सेयर बिक्री नभएपछि अब सर्वसाधारण व्यक्तिहरू वा संगठित संस्थाहरूका लागि समेत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

इच्छुक व्यक्तिहरूले आगामी १५ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–१० स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।


प्रतिक्रिया दिनुहोस्