आजदेखी सिद्धार्थ बैंकको ऋणपत्र निष्कासन, ७.२५ प्रतिशत निश्चित ब्याजदर पाइने  - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

आजदेखी सिद्धार्थ बैंकको ऋणपत्र निष्कासन, ७.२५ प्रतिशत निश्चित ब्याजदर पाइने 



काठमाडौँ । सिद्धार्थ बैंकले डिबेञ्चर निष्कासन गरेको छ । बैंकले आजदेखि ‘एसबिएल डिबेञ्चर २०९१’ नामक ऋणपत्रको निष्कासन तथा बिक्री सुरु गरेको हो । 

अहिले बजारमा बैंकहरुले दिने निक्षेपको ब्याजदर घटिरहेको अवस्थामा बैंकले निक्षेपकर्तालाई ध्यानमा राखेर ऋणपत्र निष्कासन गरेको हो । 

बैंकले १० वर्ष अवधिको यो ऋणपत्र वार्षिक ७.२५ प्रतिशत निश्चित ब्याजदरमा जारी गर्न लागेको हो ।

बैंकले कुल २ अर्ब ५० करोड रुपैयाँको २५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता (१ अर्ब ५० करोड रुपैयाँ) निजी तहबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् १० लाख कित्ता (१ अर्ब रुपैयाँ) सर्वसाधारणका लागि खुला गरिने कम्पनीले जनाएको छ । 

सर्वसाधारणको भागबाट ५ प्रतिशत अर्थात् ५० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि छुटाइएको छ ।

ऋणपत्रमा लगानी गर्न इच्छुक व्यक्तिले न्यूनतम २५ कित्ता आवेदन दिनुपर्नेछ । अधिकतम आवेदनको सीमा भने तोकिएको छैन, जसअनुसार लगानीकर्ताले उपलब्ध सबै कित्ताका लागि पनि आवेदन दिन सक्नेछन्।

ऋणपत्रको निष्कासन छिटोमा २०८२ असार ३२ गते बन्द हुनेछ भने ढिलोमा साउन ११ गतेसम्म खुला रहनेछ । ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्