१२ श्रावण २०८३, मंगलबार

नयाँ बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रालयद्वारा सर्कुलर जारी (पूर्णपाठ)



काठमाडाैं । नयाँ आर्थिक वर्ष २०८२/८३ शुरू भएसँगै बजेट कार्यान्वयनमा गएकाे छ ।

गत जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको बजेट दुवै सदनबाट पारित भइसकेको छ भने अर्थ मन्त्रालयले ‘बजेट कार्यान्वयन मार्गदर्शन’ तयार गरी सबै मन्त्रालय, विभाग र निकायहरूमा सर्कुलर गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ बजेट कार्यान्वयन गर्न मन्त्रालयले ९५ बुँदे मार्गदर्शन जारी गरेकाे हाे । यसमार्फत सरकारी निकायहरूलाई आ-आफ्नो क्षेत्रअनुसार बजेट खर्च, योजनाहरुको कार्यान्वयन र अनुगमनमा सक्रिय हुने मार्ग निर्देशन दिइएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्बको बजेट ल्याएको छ । चालु शीर्षकमा ११ खर्ब ८० अर्ब, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ खर्च गर्ने योजना सहित बजेट ल्याएको छ ।