प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन गरिएको छ। कम्पनीले साधारण सभा र लाभांश वितरणको लागि बुक क्लोज गरेपछि नेप्सेले बोनस शेयर समायोजनसहित नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले प्रभु इन्स्योरेन्सको १८ प्रतिशत बोनस शेयर समायोजन गरेको छ। समायोजनपछि कम्पनीको नयाँ प्रतिकित्ता मूल्य ८०७ रुपैयाँ ८० पैसा कायम भएको छ। अघिल्लो कारोबार दिन (बिहीबार) कम्पनीको अन्तिम मूल्य ९५३ रुपैयाँ २० पैसा थियो।

अब यही समायोजित मूल्यलाई आधार मानेर आइतबार (साउन २० गते) दोस्रो बजारमा प्रभु इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।

यसैबीच, कम्पनीले २९औँ वार्षिक साधारण सभा साउन २३ गते, शुक्रबारका दिन बिहान ११ बजे काठमाडौंको तिनकुनेस्थित प्रभु कम्प्लेक्समा बोलाएको छ।

सभामा हालको चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।


प्रतिक्रिया दिनुहोस्