इनफिनिक्सकाे नयाँ स्मार्ट फाेन 'हट ६०आई' सार्वजनिक, कति पर्छ मूल्य ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

इनफिनिक्सकाे नयाँ स्मार्ट फाेन ‘हट ६०आई’ सार्वजनिक, कति पर्छ मूल्य ?



काठमाडाैं । इनफिनिक्स नेपालले नेपाली बजारमा नयाँ स्मार्टफोन हट ६०आई सार्वजनिक गरेको छ, जसलाई कम्पनीले ‘द बबल फोन’ को उपमा दिएको छ।

आकर्षक डिजाइन, बलियो प्रदर्शन र दीर्घकालीन ब्याट्री क्षमतासहित यो फोन हाल सर्वसाधारणको आकर्षणको केन्द्र बनेको छ। हट ६०आई मा ५१६० मिलिअ्याम्पियर-घण्टा क्षमताको ब्याट्री र ४५ वाटको फास्ट चार्ज सुविधा छ, जसले लामो समयसम्म फोन प्रयोग गर्न सकिने सुविधा दिन्छ।

यसमा हेलियो जि ८१ अल्टिमेट चिपसेट, वान-ट्याप एआई, जाइरोप्रो नेभिगेसन, ट्रिपल क्यामेरा सेटअप र ७.७ मिलिमिटरको पातलो बनावट छ, जसले यसलाई अरु फोनभन्दा फरक र स्टाइलिश बनाएको छ।

फोन ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेजको मूल्य रु. १५,९९९ र ४ जीबी र्‍यामसहितको संस्करण रु. १४,९९९ गरी दुई भिन्न संस्करणमा उपलब्ध छ ।

इनफिनिक्सले यो फोन मुख्यतया गेमिङ, अध्ययन, सिर्जनात्मक कार्य तथा फेसनप्रेमी युवाहरूका लागि लक्षित गरी ल्याएको हो। साथै, यो फोनमा १८ महिनाको वारेन्टी र १०० दिनभित्र एकपटक निःशुल्क स्क्रिन परिवर्तन सेवा पनि उपलब्ध छ। हाल हट ६०आई देशभरका सबै आधिकारिक इन्फिनिक्स स्टोरहरूमा पाइनेछ।


प्रतिक्रिया दिनुहोस्