८ श्रावण २०८३, शुक्रबार

सेयर बजारमा करेक्शन, कारोबार रकम भने साढे २१ अर्ब



काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । आइतबार बजार २.८७ अंक घटेको हो ।
उक्त दिन बजार परिसूचक २ हजार ८६७.७६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । मौद्रिक नीति पछि लगातार बढेको बजारमा करेक्शन भएको हो । लगातार तीन कारोबार दिन बढेको बजारमा आज भने गिरावट आएको छ ।

आज होटल तथा पर्यटन समूह ८३.५५ अंक, लाइफ इन्स्योरेन्सले १६१.४४ अंक, निर्जीवन बीमा १६५.९८ अंक, अन्य समूह ७९.१३ र म्युचुअल फन्ड ०.०८ वृद्धि भएको छ ।

यी बाहेकका अन्य समूह भने राताम्य बनेका छन् । आज बैंकिङ्ग समूह २२.४६ अंक, विकास बैंक १२.१७ अंक, फाइनान्स ५८.६९ अंक, जलविद्युत समूह १६.६५ अंक, उत्पादन तथा प्रशोधन १०४.६१, लघुवित्त १९.५९ घटेका छन् ।

बजारमा सामान्य गिरावट आएता पनि कारोबार रकम भने बढेको छ । आज कुल २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्