१ अर्ब ३३ करोड हकप्रद सेयर निष्कासन गर्न सिटी होटललाई अनुमति - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

१ अर्ब ३३ करोड हकप्रद सेयर निष्कासन गर्न सिटी होटललाई अनुमति



काठमाडौं । सिटी होटल लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्न अनुमति पाएको छ ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले होटललाई १ः०.८० को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

अब होटलले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बरारबको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ । सो बराबरको हकप्रद सेयर निष्कासन गर्न बोर्डले आज अर्थात् साउन ४ गते अनुमति दिएको हो ।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभू क्यापिटल लिमिटेड छ ।


प्रतिक्रिया दिनुहोस्