रिद्धि सिद्धि सिमेन्टको ‘मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८२’ छात्रवृत्ति कार्यक्रम सम्पन्न
काठमाडाैं । रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षित गरि पुन आयोजना गरेको ‘मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८२’ को छात्रवृत्ति कार्यक्रम सफलता पुर्वक सम्पन्न गरिएको छ।
यस छात्रवृत्ति कार्यक्रममा कुल १८७ विद्यार्थीहरु सहभागी भएका थिए । रोबोटिक ल्याबमा बनेको स्मार्ट रिद्धि सिद्धि सिमेन्टले आयोजना गरेको यस कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिता मार्फत पिप्ले रंगशालामा बृहत कार्यक्रम आयोजना गरिएकोे थियो ।
यस कार्यक्रममा मकवानपुर जिल्लाबाट एसईई परीक्षामा ४ जिपिए ल्याउनु भएकी अनुषा उप्रेती, अस्मिता घिमिरे, अनुप्रस्था देवकोटा र बिमर्श श्रेष्ठलाई सम्मान स्वरूप नगद रु ५,००१ प्रत्येकलाई प्रदान गरिएको थियो ।
साथै यस कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेको उपस्थितिमा कार्यक्रम संचालन गरिएको थियो।
साथै मकवानपुर जिल्लाबाट एसईईमा उत्कृस्ट अंक ल्याउने सफल बिद्यालय बाल जागृति इंग्लिश बॉर्दिङ्ग स्कूल, नवोदय शिशु सदन, बाल ज्योति सेकेण्डरी स्कूल साथै सोलिडारिटी ईन्टरनेशनल एकेडेमीका प्रधान अध्यापक तथा प्रतिनिधि, सुरक्षा प्रदान गरिदिनु हुने जिल्ला प्रहरी कार्यालय मकवानपुर, शैक्षिक विज्ञं तथा शिक्षा विकास तथा समन्वय इकाई, शिक्षा विकास महाशाखा, सन्चो हस्पिटल, पिप्ले युवा क्लब, हेटौडा उप महानगरपालिका वडा नं ५ तथा सम्पूर्ण संस्थाहरुलाई हार्दिक कृतज्ञ अर्पण गर्दै प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।
यसका साथै बिद्यार्थी, अभिभावक, बिद्यालयका प्रधान अध्यापक, शिक्षक वर्गहरुको उल्लेखनिय सहभागिता भएको थियो ।
यस छात्रवृत्तिका कार्यक्रम अन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५०००, दोश्रो हुनेलाई रु. ३५००, तेश्रो हुनेलाई रु. २५०० साथै सान्त्वना स्वरुप थप १२ विद्यार्थीलाई मासिक रुपमा रु.१५०० एक वर्षसम्म उपलब्ध गराइने छ ।













