घुस प्रकरण : राजीनामा दिएका पूर्वमन्त्री गुप्तासँग अख्तियारको सोधपुछ
काठमाडौं । घुस प्रकरणमा मुछिएर राजीनामा दिएका पूर्वमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सोधपुछ थालेको छ।
सार्वजनिक भएको अडियोमा उनको आवाज भएको आशंकामा आयोगले अनुसन्धान अगाडि बढाउँदैछ। सोधपुछकै क्रममा गुप्ताको आवाजको नमुना लिइने र अडियोसँग मिलान गरिने जनाइएको छ।














