२९ सय बिन्दु नजिक नेप्से, काराेबार रकम भने १६ अर्ब ३२ करोडमा खुम्चियाे - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

२९ सय बिन्दु नजिक नेप्से, काराेबार रकम भने १६ अर्ब ३२ करोडमा खुम्चियाे



काठमाडाैं । आइतबार सामान्य अंकले बढेको सेयर बजार सोमबार दोहोरो अंकले बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक २१.७६ अंकले बढेर २८ सय ९२ दशमलव ७२ बिन्दुमा रोकिएको छ ।

नेप्से बढे पनि आज भने कारोबार रकममा गिरावट आएको छ । आज ३११ कम्पनीका ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर खरिद बिक्रि हुँदा १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।

हिजो ३ सय १६ वटा कम्पनीका ५ करोड १६ लाख कित्ता शेयर २१ अर्ब ४६ करोड रुपैयाँमा किनबेच भएको थियो ।

आज बैंक, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार समूहको शेयर बढेकोमा माइक्रोफाइनान्सको २.८२, अन्य समुहको २.१९ प्रतिशतले उकालो लागेका छन्।


प्रतिक्रिया दिनुहोस्