सेयर बजारमा उत्साह, २० अर्ब नाघ्याे काराेबार रकम
काठमाडौं । साताकाे तेस्राे काराेबार दिन मंगलबार पनि सेयर बजारमा उत्साह देखिएकाे छ । हिजाे करिव २२ अंकले बढेकाे सेयर बजार मापक नेप्से परिसूचक यस दिन ८०.७९ अंकले बढेकाे छ ।
आज नेप्से २.८२ प्रतिशतले बढेर २९ सय ७३ दशमलव ७० बिन्दुमा पुगेकाे छ ।
यसदिन नेप्सेसँगै काराेबार रकम पनि बढेकाे छ । आज ३१९ कम्पनीकाे ४ कराेड ३५ लाख ८१ हजार २२८ कित्ता सेयर २० अर्ब ८ कराेड, ५३ लाख ६७ हजार रूपैयाँमा काराेबर भएकाे छ।
हिजाे ३११ कम्पनीका ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर खरिद बिक्रि हुँदा १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँको कारोबार भएको थियाे ।
आज सबै समुहकाे सेयर बढेकाेमा उत्पादन तथा प्रशाेधन, जीवन बीमा र माइक्राेफाइनान्स समुहकाे सेयर सर्वाधिक ४.५६, ४.४२ र ४.१० प्रतिशतले बढेका छन् ।
यस्तै हाेटल तथा पर्यटन ३.४९, लगानी समुह ३.३९ र अन्य समुह ३.३३ प्रतिशतले बढेका छन् ।













