अब सेयर किन्ने बेला बैंक खातामा रकम अनिवार्य
काठमाडौं । अब सेयर बजारमा कारोबार गर्नुअघि लगानीकर्ताको बैंक खातामा अनिवार्य रकम भएको हुनुपर्नेछ ।
नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि सार्वजनिक गरेको नीतिमा यस्तो व्यवस्था समेटिएको हो ।
बोर्डका अनुसार दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा बैंक खातामा रकम भए मात्र कारोबार हुने नियम कार्यान्वयनमा ल्याइनेछ । यसले प्रणालीगत जोखिम कम गर्नुका साथै लगानीकर्तामा भरोसा र पारदर्शिता बढाउने अपेक्षा गरिएको छ ।
त्यस्तै, अबदेखि आईपीओमा आवेदन दिँदैमा सम्बन्धित रकम तुरुन्तै रोक्का हुने व्यवस्था पनि लागू गरिनेछ । ‘एपीआई’ प्रणालीमार्फत आवेदन जाँच भई बाँडफाँडपछि मात्र रकम फुकुवा गरिने प्रावधान राखिएको छ ।













