८ श्रावण २०८३, शुक्रबार

सेयर बजार निरन्तर उकालो, साढे १९ अर्बको कारोबार



काठमाडौं । सेयर बजारमा लगातार बढोत्तरी आएको छ । साताको चौंथो कारोबार दिन पनि बजार ५.१७ अंक वृद्धि भएको छ ।
बुधवार पनि बजार परिसूचक २ हजार ९७८.८८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज फाइनान्स समूह ९०.३९ अंक, जलविद्युत समूह ३९.९१ अंक, उत्पादन तथा प्रशोधन समूह ४१.५६ अंक, लगानी समूह १.४१ अंक वृद्धि भएको छ । यी बाहेकका अन्य समूह भने राताम्य बनेका छन् ।

आज १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कुल ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता सेयर किनबेच भएको हो ।

आज ९८ वटा कम्पनीको सेयर भाउ वृद्धि भएको छ भने १५२ वटा कम्पनीको घटेको छ । आज हिमालयन रिइन्स्योरेन्स र शिवम सिमेन्टको सर्वाधिक सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्