७ दर्जन कम्पनीको साढे २४ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ? (सूचीसहित)
काठमाडौं । एक वर्षको अवधिमा ७ दर्जन कम्पनीहरुको झन्डै साढे २४ करोड कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
नेप्सेले हालै उपलब्ध गराएको गत आर्थिक वर्ष २०८१–८२ को वार्षिक तथ्याङ्कले यस्तो देखाएको हो । गत आवमा ८४ वटा कम्पनीहरुको कुल २४ करोड ३८ लाख ३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएका हुन् ।
सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको १ करोड ९८ लाख ७० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । यस्तै, एभरेष्ट बैंकको १ करोड १७ लाख ६७ हजार, लक्ष्मी सनराइजको १ करोड १५ लाख ९३ हजार, हिमालयन लाइफको १ करोड १२ लाख २८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यी लगायत विभिन्न बैंक तथा वित्त कम्पनीहरुको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
कुन कम्पनीको कति कित्ता बोनस सेयर सूचीकृत ?
















