एड्भान्स एआइ, आकर्षक डिजाइन र गज्जबको पर्फर्मेन्ससहित ग्यालेक्सी एम३६ ५ जी नेपाली बजारमा आउँदै - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एड्भान्स एआइ, आकर्षक डिजाइन र गज्जबको पर्फर्मेन्ससहित ग्यालेक्सी एम३६ ५ जी नेपाली बजारमा आउँदै



काठमाडौं । नेपालकै सबैभन्दा भरपर्दो स्मार्टफोन ब्रान्ड सामसुङले ग्यालेक्सी एम सिरिजअन्तर्गत नयाँ ग्यालेक्सी एम ३६ ५ जी नेपाली बजारमा सार्वजनिक गरेको छ। भेल्भेट ब्याल्याक र सिरिन ग्रिन रंगमा उपलब्ध यो स्मार्टफोन नेपालभरिका अधिकृत सामसम रिटेल स्टोरहरूमा पाइनेछ।

यो फोन ८ जीबी प्लस १२८ जीबी र ८ जीबी प्लस २५६ जीबी गरी दुई भेरियन्टमा उपलब्ध छ । ८ जीबी प्लस १२८ जीबी संस्करणकाे मूल्य ३६ हजार ९ सय ९९ र ८ जीबी प्लस २५६ जीबी संस्करणकाे ४१ हजार ९ सय ९९ रूपैयाँ मूल्य ताेकिएकाे छ

गुगलसँगको Circle to Search र Gemini Live जस्ता फिचरहरूसहित Galaxy M36 5G ले प्रयोगकर्तालाई शक्तिशाली AI अनुभव प्रदान गर्छ। चाहे फोटोहरू चिन्ने होस् वा AI सँग प्रत्यक्ष संवाद गर्नुपर्ने होस् – सबै प्रक्रिया सहज र इन्ट्युटिभ बनेको छ।

७.७ एमएम पातलो यो फोन Corning® Gorilla® Glass Victus®+ बाट सुरक्षित छ, जसले फोनलाई ड्रप र स्क्र्याचबाट जोगाउँछ। 6.7-इन्चको FHD+ Super AMOLED डिस्प्लेमा 120Hz रिफ्रेश रेट र भिजन बुस्टर टेक्नोलोजीले प्रकाशयुक्त वातावरणमा पनि उत्कृष्ट दृश्य अनुभव प्रदान गर्छ ।

ग्यालेक्सी एम ३६ ५ जीम 50MP OIS ट्रिपल क्यामेरा छ, जसले स्थिर भिडियो र कम प्रकाशमा समेत स्पष्ट तस्बिरहरू खिच्न सक्छ। अटाे नाइट माेड र नाइटाेग्राफि फिचरहरू साथै, अगाडि र पछाडि दुवै क्यामेरामा ४ के भिडियो रेकर्डिङ सुविधा उपलब्ध छ। Photo Remaster र Object Eraser जस्ता स्मार्ट टुलहरूबाट फोटोहरू सजिलै एडिट गर्न सकिन्छ।

एक्सिनोस १३८० (५ एनएम) प्रोसेसरले मल्टिटास्किङ र गेमिङ दुबैका लागि अत्यधिक प्रदर्शन क्षमता दिन्छ। भेपर कुलिङ चेम्बर प्रविधिले ओभरहीट हुनबाट रोक्छ। 5000mAh ब्याट्री र 25 वाट फास्ट चार्जिङ सपोर्टले दिनभर टिक्ने ऊर्जा सुनिश्चित गर्छ।

ग्यालेक्सी एम ३६ ५ जीमा ६ वर्षको सुरक्षा अपडेट र 6 जेनेरेशनसम्मको एनराेइड अपग्रेडको ग्यारेन्टी दिइएको छ। वान युआइ ७ इन्टरफेसमार्फत प्रयोगकर्ता अनुभव अझ सहज बनाइएको छ । नयाँ न्यु बार, क्लीन होमस्क्रिन, र अपडेटेड विगेट्ससहित सामसम नक्स भल्ट प्रविधिबाट डेटा सुरक्षित रहने कम्पनीले जनाएकाे छ ।

ग्यालेक्सी एम ३६ ५ जी जुलाई २४, २०२५ देखि नेपालभरिका सामसम रिटेल स्टोरहरूमा उपलब्ध हुनेछ।


प्रतिक्रिया दिनुहोस्