सेयर बजार निरन्तर उकालो, साढे १८ अर्ब रूपैयाँ बराबरकाे सेयर किनबेच
काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहिबार पनि सेयर बजार बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.७६ अंकले बढेर २९ सय ८२ दशमलव ६४ बिन्दुमा पुगेको छ ।
नेप्से परिसूचक बढे पनि आज काराेबार रकम भने घटेकाे छ । यस दिन ३२८ कम्पनीकाे ३ कराेड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ४९ कराेड ४ लाख रूपैयाँकाे काराेबार भएकाे छ ।
हिजाे ३ सय १९ वटा कम्पनीका ४ करोड ४८ लाख कित्ता शेयर १९ अर्ब ५७ करोड रुपैयाँमा किनबेच भएको थियाे ।
आज विकास बैंक, हाेटल तथा टुरिजम, जलविद्युत, लगानी, म्युचुअल फण्ड समुहकाे सेयर बढेकाेमा जलविद्युतकाे १.९९ प्रतिशत र विकास बैंक समुहकाे सेयर १.५० प्रतिशतले बढेकाे छ ।













