शिवम सिमेन्टमा झुम्मिए लगानीकर्ता : १ अर्ब बढीको सेयर किनबेच, मूल्य पनि बढ्यो
काठमाडौं । आइतबार शिवम सिमेन्टको सर्वाधिक सेयर किनबेच भएको छ । साताको पहिलो कारोबार दिन कम्पनीको सेयर कारोबार १ अर्ब नाघेको हो ।
उक्त दिन कम्पनीको १ अर्ब २ करोड ३ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज १५ लाख २८ हजार ९९१ कित्ता सेयर किनबेच भएको हो ।
कुल कारोबारमा शिवमको हिस्सा ३.८४ प्रतिशत हुन आउँछ । आज २४९ वटा कम्पनी कारोबारमा आएका थिए ।
आज शिवको सेयर भाउ पनि वृद्धि भएको छ । कम्पनीको सेयर भाउ प्रतिकित्ता ४.१४ प्रतिशत अर्थात् २६.५३ रुपैयाँ वृद्धि भएको हो । योसँगै आज प्रतिकित्ता ६६८.०१ रुपैयाँ कायम भएको छ ।













