७ श्रावण २०८३, बिहिबार

इटालीका प्रमुख ब्रान्डहरूद्वारा नेपालमा आइसक्रिम उत्पादन प्रविधिको प्रदर्शन



काठमाडौं । सग्तानी ग्रुप, लाइफ आइसक्रिम मेशिनरीजर नेपाल–इटाली उद्योग वाणिज्य संघको सहकार्यमा “नेपालमा आइसक्रिम उत्पादनको रूपान्तरण” शीर्षकमा एक प्रभावशाली कार्यक्रम, काठमाडौंमा सफलतापूर्वक सम्पन्न भयो ।

उक्त कार्यक्रममा नेपाल र इटालीका खाद्य उद्योगका विज्ञहरू, उद्यमीहरू र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

इटालीका प्रमुख ब्रान्डहरू, लाइफ, टेक्नोआइस, प्याकिन्ट, र कोल्ड कारले उत्पादनदेखि ढुवानीसम्मका अत्याधुनिक, दिगो र प्रभावकारी प्रविधिहरू प्रदर्शन गरे ।

यो सहकार्यले नेपालमा फ्रोजन डेजर्ट उद्योगको विकासमा नयाँ चरणको सुरुआत गर्नुका साथै नेपाल–इटालीबीचको औद्योगिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाएको छ ।


प्रतिक्रिया दिनुहोस्