८ श्रावण २०८३, शुक्रबार

हिमालयन बैंकको एफपीओ बाँडफाँट, ७ लाख ७९ हजार भन्दा बढीको हात खाली



काठमाडौं । गत असार ३१ निष्काशन तथा बिक्रि खुला गरिएको हिमालयन बैंकको एफपीओ बाँडफाँट भएको छ। एफपीओ आज बिहान ९ बजे बैंकको कमलादी, काठमाडौँस्थित आफ्नै कार्यालयमा बाँडफाँट भएको हो।

बैंकले प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गरेको थियो।

सो शेयरमा कुल १८ लाख २५ हजार ९२२ जनाले ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता शेयरका लागि आवेदन दिएका थिए। सोमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत लगानीकर्ताहरुलाई बैंकको एफपीओ बाँडफाँट गरिएको छ। जस अनुसार कुल ९ लाख २५ हजार ४६ जनाले १० कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन् भने बाँकी ७ लाख ७९ हजार २२७ जनाकाे हात खाली भएकाे छ ।

यसरी बाँडफाँट गर्दा शेष भएको ९ कित्ता शेयर सोही लगानीकर्ताहरुमध्ये २० कित्ताका लागि आवेदन दिनेहरुमा बाँडफाँट गरिएको छ। यस अनुसार ९ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्