१५ कार्तिक २०८३, आइतबार

रोटरी ई–क्लब र रोटरी क्लब अफ काठमाडौं सहकार्यमा वृक्षरोपण



काठमाडौं । पर्यावरण संरक्षणतर्फ एक महत्वपूर्ण कदमस्वरूप रोटरी ई–क्लब र रोटरी क्लब अफ काठमाडौंको सहकार्यमा जनक माध्यमिक बिद्यालय, नमोबुद्ध–४ मा वृक्षरोपण गरिएको छ ।

संस्कृति फाम्र्स एन्ड रिसर्च को प्राविधिक सहयोगमा यस कार्यक्रममा नासपाती, स्याउ र आरू जस्ता फलदार रूखहरू रोपिएको हो ।

यस्ता वृक्षरोपणहरूले स्थानीय जैविक विविधता संरक्षणमा योगदान पुर्याउनुका साथै खाद्य सुरक्षालाई समेत बल पुर्याउने विश्वास गरिएको छ ।

कार्यक्रममा विद्यार्थीहरू, शिक्षकहरू, स्थानीय जनप्रतिनिधिहरू र रोटरी सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।

उक्त कार्यक्रम जिल्ला गभर्नर रोटेरियन बिनोद कोइरालाको ‘५० हजार वृक्षरोपण’ अभियान अन्तर्गत आयोजित गरिएको हो । सोही दिन १५० भन्दा बढी रोटरी क्लबहरूले नेपालभर वृक्षरोपण कार्यक्रम सम्पन्न गरेका छन् ।

यस किसिमका अभियानहरूले हरियाली नेपाल निर्माण, वातावरणीय सन्तुलन तथा दीगो विकासतर्फ रोटरीको प्रतिबद्धतालाई अझ सशक्त बनाउने कार्यमा मद्दत गर्दछ।