ल्हेन्देखोलामा बेलीब्रिज जडान सुरु, रसुवागढी नाका दसैँअघि नै सञ्चालनमा आउने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ल्हेन्देखोलामा बेलीब्रिज जडान सुरु, रसुवागढी नाका दसैँअघि नै सञ्चालनमा आउने



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रसुवागढी नाका दसैँअघि नै सञ्चालनमा आउने बताएका छन् ।

त्रिदेशीय अन्तरराष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसीँ–रसुवागढी सडक योजना’को अवलोकनपछि मङ्गलबार नुवाकोटमा पत्रकारहरूसँग कुरा गर्दै उनले दसैँअघि नै नाका सञ्चालनमा ल्याउन ल्हेन्देखोलामा बेलीब्रिज जडान सुरु भएको जानकारी दिएका हुन् ।

गत असार २४ मा ल्हेन्देखोलामा उर्लिएको बाढीले नेपाल–चीन मैत्रीको प्रतीक मितेरी पुल बगाएको थियो ।

मन्त्री दाहालले भने, ‘गल्छी–रसुवागढी त्रिदेशीय राजमार्ग सञ्चालन गराई चाडपर्वका बेला नाका सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई परिचालन गरिएको छ। रसुवातर्फ स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड चीन सरकारको सहयोगमा सञ्चालन गर्ने सहमति भएको छ।’


प्रतिक्रिया दिनुहोस्