राष्ट्रिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज राष्ट्रिय सभालाई सम्बोधन गर्दैछन् ।
दिउँसो १ः१५ बजे बस्ने बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति’ सम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ ।
समितिकी सभापति कमला पन्तले प्रतिवेदन प्रस्तुत गरेपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको हो । प्रतिवेदन विकास, आर्थिक मामिला तथा सुशासन समितिबाट तयार गरिएको हो ।















