नेपाल पुनर्बीमाको पुँजी वृद्धि योजना, शतप्रतिशत हकप्रद स्वीकृतको तयारी - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपाल पुनर्बीमाको पुँजी वृद्धि योजना, शतप्रतिशत हकप्रद स्वीकृतको तयारी



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको ५७० औं बैठकले पुँजी वृद्धि गर्न हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीले आगामी २०८२ माघ मसान्तसम्म पूँजी वृद्धि गर्नुपर्नेछ । यो प्रक्रिया अर्थ मन्त्रालयको स्वीकृति र नेपाल धितोपत्र बोर्डको अनुमतिपछि अघि बढाइनेछ ।

हकप्रद सेयर कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भई औपचारिक रूपमा निष्काशन हुने कम्पनीले जानकारी दिएको छ। हाल कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ रहेको छ ।

नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको न्युनतम चुक्ता पुँजी २० अर्ब रुपैयाँ तोकेको छ ।


प्रतिक्रिया दिनुहोस्