मन्त्रिपरिषद् हेरफेरको गृहकार्य शुरु, बालुवाटारमा भेट्दै ओली-देउवा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुँदैछ ।
मन्त्रिपरिषद् हेरफेर गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवासँग छलफल गर्न चाहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकार गठनको एक वर्ष बितिसकेपछि मन्त्री हेरफेरको गृहकार्य थालिएको हो । यसै विषयमा निष्कर्ष निकाल्न प्रधानमज्त्री ओली र देउवाबीच केहिबेरमा बालुवाटारमा भेटघाट हुने कार्यक्रम तय भएको छ ।















