गरिमा समृद्धि योजनाकाे ५.१० प्रतिशत नगद लाभांश घाेषणा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

गरिमा समृद्धि योजनाकाे ५.१० प्रतिशत नगद लाभांश घाेषणा



काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धनमा र गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोष अन्तर्गतको पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्धि योजना’ ले आर्थिक वर्ष २०८१/८२ का लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

२०८२ साउन १५ गते, बिहीबार अपरान्ह ४ः०० बजे बसेको योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको ८१ औं बैठकले इकाईधनीहरूलाई ५.१० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।

उक्त लाभांश वितरणका लागि इकाईधनी दर्ता किताब साउन २७ गते, मंगलबार बन्द रहने जानकारी समेत गरिमा क्यापिटल लिमिटेडले जनाएको छ।

सञ्चालक समितिको निर्णयअनुसार तोकिएको मितिसम्म कायम रहने इकाईधनीहरूले सो लाभांश प्राप्त गर्नेछन्।


प्रतिक्रिया दिनुहोस्