आइतबार पनि सेयर बजारमा भारि गिरावट, १३ अर्बमा झर्‍यो काराेबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आइतबार पनि सेयर बजारमा भारि गिरावट, १३ अर्बमा झर्‍यो काराेबार



काठमाडौं। साताकाे पहिलाे काराेबार दिन आइतबार सेयर बजारमा भारि गिरावट आएको छ । गत बिहिबार ३१.५० अंकले घटेको सेयर बजार मापक नेप्से परिसूचक आज ६३.७३ अंकले घटेको छ ।

आज २.१८ प्रतिशतले घटेकाे बजार २८ सय ५८ दशमलव ९० बिन्दुमा झरेकाे हाे ।

यसदिन नेप्से परिसूचकसँगै कराेबार रकम पनि घटेकाे छ । आज ३१९ कम्पनीकाे ३ कराेड २२ लाख ६० हजार ३४१ कित्ता सेयर किनबेच हुँदा काराेबार रकम १३ अर्ब ७ कराेड ५० लाखमा झरेकाे छ ।

गत बिहिबार ३१८ कम्पनीकाे ३ कराेड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर खरिदबिक्रि हुँदा १५ अर्ब ९८ कराेड ८९ लाख ११ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे थियाे ।

आज सबै समुह राताम्य बनाेका छन् भने सर्वाधिक अन्य समुह ३.९० र माइक्राेफाइनान्स ३.०२ प्रतिशतले घटेका छन् ।


प्रतिक्रिया दिनुहोस्