८ श्रावण २०८३, शुक्रबार

दुई कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?



काठमाडौं । साताको पहिलो कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।

आइतबार ट्रेड टावर र शिवश्री हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो । आज ट्रेड टावरको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात् प्रतिकित्ता १०४.३० रुपैयाँ वृद्धि भएको छ । योसँगै आज कम्पनीको सेयर भाउ १ हजार १४८ रुपैयाँ कायम भएको छ ।

यता, शिवश्री हाइड्रोपावरको सेयर भाउ पनि ९.९९ प्रतिशत अर्थात् प्रतिकित्ता १९.२७ रुपैयाँ बढेर २१२.१० रुपैयाँ कायम भएको छ ।

आज कारोबारमा आएका मध्ये १६ वटा कम्पनीको सेयर भाउ बढेको छ ।


प्रतिक्रिया दिनुहोस्