७ श्रावण २०८३, बिहिबार

शारदा–राठी ग्रुपको ‘पशुपति सिनप्याक’ले गर्यो डेढ अर्बको व्यापार, भारत निर्यातमा ६१% हिस्सा




काठमाडौं । नेपालकै एक अग्रणी प्लास्टिक वस्त्र उत्पादन कम्पनी ‘पशुपति सिनप्याक’इन्डष्ट्रिजले व्यापारमा उल्लेख्य सुधार गरेको छ ।

आर्थिक वर्ष सन् २०२४–२५ को पहिलो ९ महिनामै कम्पनीले १ अर्ब ३८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले हाल उत्पादन र निर्यात दुबैमा सुधार गरेको देखिन्छ ।

हाल यो कम्पनी शारडा ग्रुप र राठी समूहको सहस्वामित्वमा सञ्चालन हुँदै आएको छ । गत वर्ष सन् २०२४ मा पनि १ अर्ब ७० करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

यस्तै, सन् २०२३ मा १ अर्ब ५७ करोड ७० लाख, सन् २०२२ मा २ अर्ब ५ करोड ७० लाख र सन् २०२१ मा २ अर्ब ३ करोड रुपैयाँको व्यापार गरेको थियो ।

विगतको तुलनामा कम्पनीको व्यापारमा रिकभरी भएको जनाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ५.२ प्रतिशत नाफा आर्जन गर्न सफल भएको थियो ।

२००२ मा स्थापना भएको यस कम्पनीले पोलिप्रोपिलिन (एए) तथा हाइ डेन्सिटी पोलिथिन (एचडिपिई) का बुनेका तथा नबुनेका कपडा र झोलाहरू उत्पादन गर्दै आएको छ ।

कम्पनीको कुल व्यापारको ३२ देखि ६१ प्रतिशत हिस्सा भारत निर्यात बाट आएको कम्पनीले जनाएको छ ।

कम्पनीले १ अर्ब ८६ करोड १२ लाख रुपैयाँको क्रेडिट रेटिङ गराएको छ । जसमध्ये ४६ करोड १२ लाख रुपैयाँ दीर्घकालीन कर्जा तथा १ अर्ब ४० करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि रेटिङ गराएको हो ।

अनुपम राठीको नेतृत्वमा कम्पनीले निरन्तर प्रगति गरिरहेको छ । कम्पनीको दर्ता कार्यालय बिराटनगरमा रहेको छ । उत्पादन एकाइ भने सुनसरी जिल्लामा सञ्चालित छ । १५ जना स्वामित्वधारी रहेको यो कम्पनी नेपाली प्लास्टिक तथा बस्त्र उद्योगमा निर्यातमुखी सम्भावनाको राम्रो उदाहरणका रूपमा अगाडि आएको छ ।


प्रतिक्रिया दिनुहोस्