सेयर बजारमा दाेहाेराे अंककाे वृद्धि, पाैने ११ अर्बमा खुम्चियाे काराेबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सेयर बजारमा दाेहाेराे अंककाे वृद्धि, पाैने ११ अर्बमा खुम्चियाे काराेबार



काठमाडाैं । लगातार तिन दिनदेखि घटिरहेकाे सेयर बजार साेमबार दाेहाेराे अंकले बढेकाे छ । आज साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक १६.४६ अंकले बढेर २८ सय ७५ दशमलव ३६ विन्दुमा रोकिएको छ ।

नेप्से परिसूचक बढे पनि यसदिन काराेबार रकम भने घटेकाे छ । आज ३२५ कम्पनीकाे २ कराेड ७१ लाख ६९ हजार ७५५ कित्ता सेयर खरिदबिक्रि हुँदा १० अर्ब ८२ कराेड २४ लाख रूपैयाँकाे काराेबार भएकाे छ ।

हिजो ३ सय १९ वटा कम्पनीका ३ करोड २२ लाख कित्ता शेयर १३ अर्ब ७ करोड रुपैयाँ शेयर किनबेच भएको थियो ।

आज विकास बैंक, फाइनान्स, हाेटल तथा पर्टन, उत्पादन तथा प्रशाेधन, नीर्जीवन बीमा र अन्य समुहका उपसूचक घटेका छन् भने बाँकी सबै बढेका छन् ।

यसदिन व्यापार समुह २.८९ र बैंकिङ समुह १.६६ प्रतिशतले बढेका छन् ।


प्रतिक्रिया दिनुहोस्