७ श्रावण २०८३, बिहिबार

प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो अन्तर्राष्ट्रिय ‘बेस्ट ब्रान्ड्स अवार्ड २०२५’



काठमाडौं । प्रिज्मा एड्भर्टाइजिङले ब्रान्डलरेट स्पेशल लिमिटेड एडिसन बेस्ट ब्रान्ड्स अवार्ड २०२५ हात पारेको छ ।

उक्त एजेन्सीले ‘ब्रान्ड इन्फ्लुएन्सर क्रिएटिभ एन्ड ब्रान्डिङ सोलुसन्स’ श्रेणीमा उक्त सम्मान प्राप्त गरेको हो । अवार्डले रणनीतिक ब्रान्डिङ तथा सांस्कृतिक हिसाबले प्रभावशाली ब्रान्ड कथा सिर्जना गर्ने प्रिज्माको क्षमतालाई कदर गरेको कम्पनीको जनाएकाे छ।

यो सम्मान ३१ जुलाई २०२५ मा सिंगापुरको सांग्रिला होटलमा आयोजित विशेष समारोहमा प्रदान गरिएको थियो । कार्यक्रममा प्रिज्मा एड्भर्टाइजिङका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्य र महाप्रबन्धक शरद शाहीले संस्थाको तर्फबाट अवार्ड स्वीकार गरेका थिए ।

विश्व ब्रान्ड्स फाउन्डेसनद्वारा आयोजित ब्रान्डलरेट अवार्ड्सले विश्वका प्रतिष्ठित, प्रभावशाली र दीर्घकालीन प्रभाव पार्ने ब्रान्डहरूलाई सम्मान गर्ने उद्देश्य राखेको छ । फाउन्डेसनको लिमिटेड एडिसन वार्षिकोत्सव अन्तर्गत प्रदान गरिने अवार्डले रचनात्मकता, रणनीति र ब्रान्ड पहिचानलाई आधार मानेर विश्वव्यापी रूपमा उद्योग रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्ने ब्रान्डहरूलाई सम्मान गर्ने गरेको छ ।

प्रतिष्ठित अन्तर्राष्ट्रिय मनोनयनवाट छनोट हुन सफल प्रिज्माले आफ्नो अद्वितीय ब्रान्ड प्रभाव र नवीन रणनीतिक आँटका कारण विशिष्ट छवि बनाएको उल्लेख गरिएको छ । यस मान्यताले नेपालको रचनात्मक उद्योगको विकासमा नयाँ आयाम थपेको र प्रिज्मालाई विश्वव्यापी ब्रान्ड नवप्रवर्तकहरूको समूहमा स्थापित गराएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्