सेयर बजारमा उच्च गिरावट, ९ अर्बमा खुम्चियाे काराेबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सेयर बजारमा उच्च गिरावट, ९ अर्बमा खुम्चियाे काराेबार



साताकाे तेस्राे काराेबार दिन मंगलबार सेयर बजार उच्च अंकले घटेकाे छ । हिजाे दाेहाेराे अंकले घटेकाे सेयर बजार आज ४१.७८ अंकले घटेकाे हाे ।

आज १.४५ अंकले घटेकाे बजार २८ सय ३३.५७ बिन्दुमा झरेकाे छ ।

नेप्से परिसूचकसँगै काराेबार रकम पनि निरन्तर घट्दाे छ । आज ३२५ कम्पनीकाे २ कराेड २२ लाख ७ हजार १४२ कित्ता सेयर ९ अर्ब ३३ करेड ३९ लाख रूपैयाँमा किनबेच भएकाे छ ।

हिजाे  ३२५ कम्पनीकाे २ कराेड ७१ लाख ६९ हजार ७५५ कित्ता सेयर खरिदबिक्रि हुँदा १० अर्ब ८२ कराेड २४ लाख रूपैयाँकाे काराेबार भएकाे थियाे ।

आज फाइनान्स र म्युच्युअल फण्ड समुहका उपसूचक बढेका छन् भने बाँकी सबै समुहका उपसूचक घटेका छन् । यसदिन सर्वाधिक अन्य समुह २.७६ र बिकास बैंक समुह २.४६ प्रतिशतले घटेका छन् ।


प्रतिक्रिया दिनुहोस्