८ श्रावण २०८३, शुक्रबार

४६ कम्पनीको सेयर भाउ बढ्यो, दुई वटाको सकरात्मक सर्किट



काठमाडौं । मंगलबार दुई कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।

साताको तेस्रो कारोबार दिन समाज लघुवित्त वित्तीय संस्था र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

मंगलबार समाज लघुवित्तको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता २४९.७९ रुपैयाँ बढेर २ हजार ७४८.२० रुपैयाँ कायम भएको छ । यता, उन्नती सहकार्य लघुवित्तको पनि १० प्रतिशत अर्थात् प्रतिकित्ता २२६.६६ रुपैयाँ बढेर २ हजार ४९३.४० रुपैयाँ कायम भएको छ ।

आज कुल कारोबारमा आएका मध्ये ४७ वटा कम्पनीको सेयर भाउ वृद्धि भएको छ ।


प्रतिक्रिया दिनुहोस्