आज २०४ कम्पनीका लगानीकर्ताले गुमाए, थ्रि स्टार हाइड्रोको सर्वाधिक घट्यो मूल्य
काठमाडौं । मंगलबार २०० बढी कम्पनीको सेयर भाउ घटेको छ । आज कारोबारमा आएकामध्ये २०४ कम्पनीको सेयर मूल्य घटेको हो ।
साताको तेस्रो कारोबार दिन थ्रिस्टार हाइड्रोपावरको सेयर भाउमा नकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर भाउ १० प्रतिशत अर्थात् ९७.८५ रुपैयाँ घटेको छ ।
यस्तै, ट्रेड टावरको सेयर भाउ ७.३५ प्रतिशत, लुम्बिनी विकास बैंकको ५.४० प्रतिशत, अपर सोलु हाइड्रोको ४.८० प्रतिशत, सुपर मादीको ४.५४ प्रतिशत, हिमालयन रिको ४.२३ प्रतिशत घटेको छ ।
आज यी सहित २०४ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
















