१ कार्तिक २०८३, आइतबार

बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बानियाँले लिए सपथ



काठमाडौं । इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका छन् । नेपाली कांग्रेस बागमतीका सभापति समेत रहेका बानियाँलाई आज प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

कांग्रेस र नेकपा एमालेको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गर्दै बानियाँले सोमबार मुख्य मन्त्रीको दाबी पेश गरेका थिए । ११० सदस्यीय प्रदेश सभामा दुवै दलको संयुक्त समर्थनले उनी बहुमतसहित नेतृत्वमा पुगेका हुन् ।